वनमा लागेको आगो बस्तीमा पस्दा एक घर जलेर नष्ट

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ मा वनमा लागेको आगो बस्तीमा पस्दा एक घर जलेर नष्ट भएको छ । डाँडागाउँका स्थानीय चन्द बहादुर बुढाको घरमा आगलागी हुदा पुर्णरुपमा जलेर नष्ट भएको जनकल्यान सामुदायी वनका उपाध्यक्ष गोविन्द सुवेदीले जानकारी दिए ।

आज दिउँसो १ बजेको समयमा घरमा सल्किएको आगो नेपाली सेना र तुलसीपुर उपमहानगरपालिकाको दमकलको सहायताले नियन्त्रणमा लिइएको उनले बताए । उनका अनुसार अहिले आगलागीबाट भएको क्षतीको विवरण संकलनको काम भइरहेको छ । बस्तीको आगो निभाए पनि सामुदायीक वनमा लागेको आगो भने अझै नियन्त्रणमा आउन नसकेको उनले बताए ।

प्रकाशित मिति : २०८१ बैशाख ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस