माटोको ढिस्कोले पुरिदा २ बालकको मृत्यु

दाङ । दाङमा माटोको ढिस्कोले पुरिएर २ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका ९ आन्द्राभरैयाका १२ बर्षिया आषिश चौधरी र १२ वर्षकै माधव चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घोराही ९ आन्द्राभरैयाका ३र४ जना बालकहरु घरदेखि करिब ५ सय मिटर टाढा कर्मटे भन्ने स्थानमा बबई नदीको किनारमा खेल्न गएको क्रममा उनीहरु माटोको ढिस्कोमा पुरिएको प्रहरीको भनाई छ ।

आज दिउँसो खेल्ने क्रममा माटोको ढिस्कोले पुरिएका बालकको ढिलो गरि उद्दार गरि अस्पताल पुराए लगत्तै चिकित्सकले मृत घोषाणा गरेको दाङका एसपी राम बहादुर केसीले जानकारीले दिए ।

प्रकाशित मिति : २०८१ बैशाख २ गते आइतवार
प्रतिक्रिया दिनुहोस