सामाजिक सञ्जाल फेसबुकमा समस्या, प्रयोगकर्ताको प्रोफाइल बन्द

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । बुधबार साँझ ९ बजेपछि फेसबुक लगइनमा समस्या देखिएको हो ।

प्रयोगकर्ताहरुले एकाएक फेसबुक लगआउट भएको र त्यसपछि लगइन हुन नसकेको गुनासो गरिरहेका छन् । यस्तो समस्या देखिइएको विश्वभरका प्रयोगकर्ताहरुले बताइरहेका छन् ।

यससम्बन्धी एक्ससहितका सामाजिक सञ्जालमा चर्चा भइरहेको देख्न सकिन्छ । तर, के भएको हो भन्नेबारे फेसबुकले केही  बताइसकेको छैन ।

प्रकाशित मिति : २०८० फाल्गुन २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस