गुरुकुलमा जीपीएस जडान गरिएका सवारीबाट सेवा सुरु

दाङ । गुरुकुल एकेडेमीले जीपीएस जडान गरिएका सवारी साधन सञ्चालनमा ल्याएको छ । गुरुकुल एकेडेमी तुलसीपुर र लमहीले आफ्ना विद्यार्थीहरूका लागि प्रयोग हुने सवारी साधन भ्यान र बसमा जीपीएस अर्थात ग्लोबल पोजिसनिङ सिस्टम जडान गरेको बताएको छ । ग्लोबल पोजिसनिङ सिस्टम जडान गरिनुले अभिभावकहरूलाई अव कतिबेला आफ्ना बालबालिका लिन आइपुग्छ कति समय लाग्छ भन्ने निगरानी गर्न सकिने गुरुकुल एकेडेमीका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिए । 

अभिभावकले ग्लोबल पोजिसनिङ सिस्टम एपलाई आफ्नो मोबाइलमा डाउनलोड गरी विद्यालयको गाडीलाई प्रतक्ष्य निगरानी राख्न सकिने छ । विद्यालय भनेको पढ्ने पढाउने ठाउँ मात्र नभएर विद्यार्थीहरूको आधारभुत सेवा सुविधा सँगै जोडिएको सुरक्षित यात्रालाई वास्तविक सुरक्षा दिलाउन र सुरक्षाको हिसाबले पनि निकै प्रभावकारी हुने भएकाले यो प्रविधि प्रयोग गरिएको गुरुकुल एकेडेमीका अध्यक्ष ई। अनन्तराज घिमिरेले जानकारी दिए । साथै उनले ढुक्क भएर आफ्ना नानीबाबु गुरुकुल एकेडेमीमा भर्ना गरी समयमै सिट सुरक्षित गर्न पनि अनुरोध गरे ।

 आगामी शैक्षिक सत्र २०८१ बाट पठन पाठन हुने गरी प्रि रजिष्ट्रेशन पनि खुला गरेको छ । पूर्ण मानव बनाउने मूल उद्देश्यका साथ २०७२ सालबाट घोराही १५ रतनपुरमा सञ्चालनमा आएको गुरुकुल एकेडेमीले आफ्ना शाखा जिल्लाका मुख्य शहर लमहि र तुल्सिपुरमा पनि सञ्चालनमा ल्याउन लागेको हो ।

प्रकाशित मिति : २०८० फाल्गुन १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस