गुरुकुल एकेडेमी तुलसीपुरद्वारा त्रिसिद्धेश्वरी मन्दिर परिसर सरसफाइ

दाङ ।  गुरुकुल एकेडेमी तुलसीपुरले त्रिसिद्धेश्वरी  मन्दिर परिसर सरसफाइ गरेको छ । गुरुकुल एकेडेमी समुदायमा भन्ने मूल मन्त्रलाई लिएर समाजमा रहेको धार्मिक स्थल सरसफाइ गरिएको हो । समुदायसँग सम्बन्धितका काम अन्तर्गत गुरुकुल एकेडेमीका नेतृत्वमा शुक्रबार  एक कार्यक्रमको आयोजना गरी सरसफाइ गरिएको हो ।  धार्मिक स्थल जहाँ वृद्ध देखि बालबालिका सम्म जाने ठाउँलाई सदैव सफा हुनुपर्छ भन्ने योजनाका साथ समाजमा जनचेतना फैलाउने उद्देश्यले मन्दिर परिसर सरसफाइ गरिएको गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिए  ।

सरसफाइ कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तुलसी बाल अस्पतालका बाल रोग विशेषज्ञ डा. किशोर खत्रीले सरसफाइका कारण मानिसको स्वास्थ्य स्वस्थ हुने भएका कारण हरेक क्षेत्र सफा राख्नुपर्ने हुन्छ, त्यसैले यो महान कार्य गुरुकुल एकेडेमीले गरेकोमा धन्यबाद व्यक्त गरे । साथै, उनी पनि सरसफाइ कार्यमा सहभागि भएका थिए । समाज सेवा सहित चिकित्सक पेशामा आवद्ध खत्रीले स्वास्थ्य ,शिक्षा लगायतका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

गुरुकुल एकेडेमीका प्रधानाध्यापक मुकुन्द गिरीको अगुवाइमा भएको कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवराज धिताल , डा. किशोर खत्री सहितका ब्यक्तिहरूको सहभागिता रहेको थियो । गुरुकुल एकेडेमीको महान कार्यमा जोडिने सम्पूर्ण ब्यक्तिहरूलाई विद्यालयले धन्यबाद समेत प्रदान गरेको छ । गुरुकुल एकेडेमीको मूल मन्त्रलाई आत्मसाथ गर्दै समाजका हरेक क्षेत्रमा जोडिदै आएको छ । 

प्रकाशित मिति : २०८० फाल्गुन ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस