दाङमा महिला प्रहरी माथी गोली प्रहार

दाङ । दाङमा गोली चलेको छ । घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्यूटीमा खटिएकी महिला प्रहरी धनमायाँ गुरुङ गोली लागेर घाईते भएकी छिन् । उनलाई उपचारको लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगीएको छ । उनको अवस्था गम्भिर रहेको अस्पताल स्रोतले जनाएको छ ।

उनकै श्रीमानले गाेली हानेकाे जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ । घटना करिब साढे ७ बजे भएकाे हाे । गाेली हानेर भाग्दै गरेका यमबहादुर झाँक्रीलाई लमही अर्जुनखाेलाबाट पक्राउ गरेकाे प्रहरीले जानकारी दिएकाे छ । झाँक्री नेपालगञ्जमा कार्यरत प्रहरी रहेकाे प्रहरीले बताएकाे छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस