आइ यु आइ बिधिद्वारा दाङमै पहिलोपटक निसन्तानपनको समाधान बुद्ध इन्टरनेशनल हस्पिटल

घोराहीमा । घोराही, २३ माघ दाङमै पहिलो पटक निसन्तानपन समस्या समाधान गर्न आइयुआई विधिद्धारा उपचार सुरु भएको छ । घोराही १५ बाट उच्च स्तरीय प्रबिधि सहित विशेषज्ञ सेवा दिदै आएको बुद्ध ईन्टरनेशलन हस्पिटलले दाङमै पहिलो पटक निसन्तानपन समस्या समाधान गर्न आइयुआई विधिद्धारा उपचार सुरु गरेको छ । बुद्ध ईन्टरनेशलन हस्पिटलले सेवाको सुरुवात गरेपछि आइयुआई विधिद्धारा गर्भाधारण गर्न बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।
आइयुआई विधिद्धारा गर्भाधारण गर्ने उपचार सुरु गरेको छोटो समयमै निसन्तानपनको समस्याबाट पिडित बनेका सेवाग्राहीको अक्रषण सेवाप्रति बढ्दो रहेको हस्पिटलले जनाएको छ । Intrauterine insemination (IUI) विधि भनेको प्रबिधिको सहयोगले बिर्यबाट स्वस्थ्य र गतिसिल सुक्रकिट छुट्याइ महिलाको पाठेघरमा राख्ने विधि भएको बुद्ध ईन्टरनेशलन हस्पिटलमा कार्यरत स्त्री तथा प्रसुुति रोग विशेषज्ञ डा. विमला तिवारीले बताउनुभयो । निसन्तानपन समस्याबाट ग्रसित भएका दम्पतीका लागि यो विधि निकै उपयोगी मानिने उहाँले बताउनुभयो । विभिन्न कारणले पुरुषको शुक्रकीट उत्पादनमा कमी हुनसक्छ ।
निसन्तान भएका दम्पतीलाई उनिहरुको चेकजाच गरी समस्या पहिचान गरि सोही अनुसार आईयुआईको सल्लाह दिने गरेको डाक्टर तिवारीले बताए । पुरुषको बिर्यमा सुक्रकिटको संख्या कम भयमा, गतिशील सुक्रकिट कम भयमा, सुक्रकिटनै नभएमा त्यसैगरी महिलाको पाठेघरको मुख साघुरो भयर शुक्रकीट डिम्भ सङ्ग मिल्न नसकेमा, पाठेघरको PH ठिक नभयको लगायत समस्याका कारण गर्भधारण हुननसकेको अबस्थामा यो आइ यु आइ गर्ने गरिन्छ ।
बिर्यमा शुक्रकीट नभएमा वा स्वस्थ सुक्रकिट नभयमा Donor Sperm लियर वा सुक्रकिट स्वस्थ भयमा आफ्नै दम्पतिको बिर्यलाई परिक्षणगरि महिलाको डिम्भ पुर्णरुपमा तयार भयको नभएको हेरि डिम्भ तयार भयको अबस्थामा स्वस्थ र गतिसिल सुक्रकीट लाई उपकरणको मद्दतले महिलाको पाठेघरमा राखी गर्भधारण गराइन्छ। बुद्ध इन्टरनेशनल हस्पिटलमा आइ यु आइ सेवासङसङै निसन्तान सम्बन्धि सम्पुर्ण समस्याको नियमितरुपमा चेकजाँच तथा उपचार सेवापनि डाक्टर तिवारीद्वारा प्रवाह भैरहेको छ ।