महोत्सव २०८० को सम्पूर्ण तयार पूरा

दाङ । तुलसीपुर उद्योग वाणिज्य संघले लगाउन लागेको तुलसीपुर महोत्सव २०८० को सम्पूर्ण तयारी पुरा भएको छ । बुधबार माघ २५ देखि फागुन ८ गतेसम्म सञ्चालन हने महोत्सवको तयारी पूरा भएको मंगलबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराएको हो ।

महोत्सवबाट संकलित रकमबाट दोघरेमा अधुरो रहेको सभाहललाई पूर्णता दिने, अरनिको मैदानलाई विस्तार गर्ने, आचार्य कलमले निर्माण गर्ने भवनका लागि आर्थिक सहयोग गर्ने, राप्ती बहिरा सङ्घमा अक्षयकोष निर्माण गर्ने महोत्सव मूल आयोजक समितिका संयोजक तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे बताए ।

यस्तै स्थानीय सरकारसँग समन्वय गरेर तुलसीपुरमा लिफ्ट सहितको दमकल खरिद गर्नका लागि ५ देखि १० लाख लगानी लगाउने योजना रहेको समेत उनले बताए ।  तुलसीपुर आगलागीको जोखिममा रहेकाले आगलागीबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनिकरण गर्ने उद्देश्यले महोत्सवबाट संकलित रकम उक्त दमकल खरिदमा  लगाउने उहाँको भनाई थियो । मंगलबार दिउसो दिउँसो १ वजे महोत्सवको उद्घाटन हुनेछ ।

महोत्सवमा स्थानीय कला, संस्कृति, कृषि र हस्तकलाको प्रदर्शनीलाई विशेष प्राथमिकता दिने आयोजकले बताएको छ । उक्त महोत्सव १ लाख भन्दा धेरैले अवलोकन गर्ने लक्ष्य रहेको समेत पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको थियो । मेला अवलोकनका लागि ६८ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अपांग, अशक्तलाई परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था रहेको जानकारी गराइएको थियो ।

प्रकाशित मिति : २०८० माघ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस