महायज्ञ अवधिभर भायनेटले निःशुल्क फ्रि वाईफाइ सेवा प्रदान गर्ने

दाङ   तुलसीपुरको  अरनिको मैदानमा  शनिबारदेखि  मानव सेवा आश्रमको भवन निर्माणार्थ  सञ्चालन हुन लागेको श्रीमद भागवत ज्ञान विज्ञान महायज्ञमा भायनेटले  निःशुल्क  इन्टरनेट सेवा प्रदान गर्ने भएको छ ।  

माघ १३ गतेदेखि २० गतेसम्म हुन गइरहेको महायज्ञमा भक्तजनहरूको  सहजताको लागि महायज्ञ परिसरमा निःशुल्क फ्रि वाईफाइ सेवा  सुविधा उपलब्ध गराउने भायनेट  तुलसीपुर शाखा प्रमुख विकास बस्यालले जानकारी दिए ।  

यस्तै उनले  महायज्ञ महायज्ञमा दान गर्ने  सम्पूर्ण दाताहरूलाई घरमा भायनेट जडान गर्न चाहेमा थप सुविधाहरू उपलब्ध गराउने समेत बताए । उनका अनुसार   भायनेट जडान गर्दा जुनसुकै प्याकेजको वार्षिक ग्राहक  बन्न चाहेको खण्डमा थप २ महिना  सेवा उपलब्ध गराउने गराइन्छ ।

तुलसीपुरमा ५० एमबिपिएससम्मको इन्टरनेट र टिभी सेवाको लागि वार्षिक ५ हजार ९९९ शुल्क रहेको समेत उनले बताए । उनका अनुसार भायनेटले तुलसीपुरमा हुने विभिन्न खालका सामाजिक कार्यहरू यसरी नि :शुल्क इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको  छ ।

प्रकाशित मिति : २०८० माघ १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस