दाङमा बस दुर्घटना, दुई जनाको मृत्यु

दाङ  दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनमा बर्दियाको गेरुवा गाउँपालिका १ थापापुरका ३६ वर्षीय भीमनाथ योगी र मधुवन नगरपालिका ४ का ३२ वर्षीय  युवराज चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरी  अनुसार बर्दियादेखि काठमाडौं जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको यात्रु बस पूर्व – पश्चिम राजमार्ग अन्तर्गत  लमही नगरपालिका ९ झ्वाडीमा गएराति ११ बजे दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

बसमा ४७ जना सवार रहेकोमा २ जना घाइते भएको र अन्य यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ । बस चालक र बस मालिक घाइते भएकाले उनीहरूको नर्सिङ होम नेपालगञ्जमा उपचार भैरहेको प्रहरीको भनाई छ । मृतकहरूको शव लमही अस्पतालमा राखिएको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २०८० माघ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस