हिंसा प्रभावित महिलालाई न्यानो

दाङ । तुलसीपुर उपमहानगरपालिकाले हिंसा प्रभावित महिलाहरूका लागि न्यानो कपडा वितरण गरेको छ । पालिकाको न्यायिक समिति एवम् कानूनी मामिला शाखाले एक कार्यक्रम आयोजना गरेर ३७ जना हिंसा पीडित तथा प्रभावित महिलालाई न्यानो कपडा वितरण गरेको हो । उपप्रमुख स्यानी चौधरीको अध्यक्षता एवम् नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यमामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नगरप्रमुख टीकाराम खड्का हिंसा प्रभावित महिलाहरूका लागि खाना र छानाका समस्या रहेकाले ती समस्या तत्कालै टार्नका लागि जाडोमा न्यानो किडा वितरण गरिएको बताए । उनले पितृ सत्ताका कारण समाजमा महिलाहरूले अनेकन समस्या झेल्नुपरेको बताउँदै न्यायिक समितिमार्फत , पुर्नस्थापना, सहजीकरण, पारिवारिक द्वन्द्व, मुद्दा सुनुवाइ, परिवारको पुर्नमिलन, विभेद हटाउने काम भइरहेको बताए ।
मन्तव्य ः सदस्य देवी पोख्रेल हिंसा, लालमती भण्डारी र सञ्चालन कानूनी मामिला शाखा प्रमुख हुमबहादुरले गरेका थिए ।