मेट्रो कलेजको वार्षिकोत्सवमा मदनकृष्ण श्रेष्ठ

तुलसीपुर । तुलसीपुर मेट्रो कलेजका वार्षिकोत्सवमा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ आउने भएका छन् । कलेजको माघ ८ गते हुने वार्षिकोत्सव कार्यक्रममा कलाकार श्रेष्ठ आउन लागेको कलेज प्रमुख बसन्त आचार्यले जानकारी दिए ।
‘नेपाली कला क्षेत्रका साथै समाजसेवा र शिक्षाको क्षेत्रमा पनि उहाँको योगदान महत्वपूर्ण रहेकाले विद्यार्थीहरुलाई उत्प्रेरित गर्नका लागि उहाँलाई आमन्त्रण गरिएको हो ’ आचार्यले बताए । कलाकार श्रेष्ठसँग उनका छोरा एव यमन श्रेष्ठ पनि सहभागी हुने कलेजले जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेज चौथो वर्षमा प्रवेश गरेको छ । कलेजमा हाल डिप्लोमा तहका ६ वटा, प्रिडिप्लोमा तहका ३ वटा र स्नातक तहको एउटा कार्यक्रम सञ्चालन भइरहेको छ ।
प्रकाशित मिति : २०८० माघ ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस