महोत्सवको मुख्य प्रायोजकमा लमही गुरुकुल

दाङ । देउखुरी आजदेखि हुन लागेको लमही महोत्सवको मुख्य प्रायोजकमा गुरुकुल एकेडेमी लमही रहेको छ । गुरुकुल एकेडेमी गु्रपका अध्यक्ष ई. अनन्तराज घिमिरे र लमही च्याम्बरका अध्यक्ष तथा महोत्सव मुल आयोजक समिति संयोजक सितल भुषालले सम्झौता पत्रमा हस्ताक्षर गर्दै गुरुकुल एकेडेमी लमही मुख्य प्रायोजक बनेको हो ।
यहि आउँदौ शैक्षिक सत्र २०८१ बैशाखबाट संचालनमा आउन लागेको गुरुकुल एकेडेमी लमहीले लमहीमा आयोजना हुन लागेको लमही दोस्रो कृषि पर्यटन, उद्योग तथा ब्यापारिक महोत्सव २०८० लाई मुख्य प्रायोजन गरेको हो । शिक्षालाई हरेक क्षेत्रसँग जोड्दै लगेको गुरुकुल एकेडेमीले विभिन्न खेलकूद कार्यक्रम तथा शिक्षासँग जोडिएका हरेक क्षेत्रलगायत महोत्सवहरुमा पनि यसरी प्रायोजन गर्दै आएको छ ।
शिक्षासँगै संस्कार र सस्कृति पनि जोडिएको हुँदा यसको संरक्षण गर्न पनि गुरुकुल एकेडमीले प्रायोजन गर्ने गरेको गुरुकुल एकेडेमीले बताएको छ । यसअघि थारु कला संस्कृतिको जगेर्ना तथा संवर्धन भन्ने मुल नाराका साथ तुलसीपुरमा भएको माघि महोत्सवमा पनि गुरुकुल एकेडेमी तुलसीपुरले मुख्य प्रायोजन गरेको थियो ।
गुरुकुल एकेडेमी लमहीद्धारा प्रायोजन गरिएको लमही महोत्सव माघ ५ गतेदेखि १७ गतेसम्म चल्ने छ भने महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले गर्ने तयारी भएको छ । गुरुकुल एकेडेमी तुलसीपुर र लमहीमा आउँदो शैक्षिक सत्रबाट कक्षा प्लेग्रुपदेखि कक्षा ९ सम्म संचालन हुनेछन । गुरुकुल एकेडेमीको बारेमा जानकारी लिनका लागि महोत्सवमा रहेको फोटो बुथ अथवा ९८५१२४०३६३ मा सम्पर्क गर्न पनि विद्यालयका मार्केटिङ प्रमुख शुदाम्शं जिसीले बताए ।