स्थापना दिवस मा रक्तदान कार्यक्रम

तुलसीपुर । दाङ तुलसीपुरमा रहेको राइजिङ टुगेदर मिडिया प्रालिद्वारा सन्चालित सिएनटीप्रेस डटकमले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । माघ २ र ३ गते नेपाल रेडक्रस सोसाइटी तुलसीपुर शाखाको भवन मा २ दिने आधारभूत पत्रकारिता तालिम सन्चालन गरे पश्चात बिहिवार रक्तदान कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।

पछिल्लो समय तुलसीपुरस्थित नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र तुलसीपुरमा रगत अभाव भएको कारण रक्तदान कार्यक्रम गरिएको सिएनटी प्रेसका प्रमुख तथा सम्पादक सागर सुबेदीले बताए ‌। तुलसीपुर उपमहानगरपालिका वडा नं १६ का वडा अध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिकाका खेलकूद संयोजक शिवानन्द डिसीको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । रक्तदान कार्यक्रममा प्रमुख अतिथि डिसीले समाज परिवर्तनको पक्षमा काम गर्ने समाचार संस्थाले यस्ता सामाजिक कार्यका लागि पनि कार्यक्रम आयोजना गरी समाज र राष्ट्रको लागि हित हुने काम गर्नु गर्वको कुरा रहेको बताए ।

कार्यक्रममा नवराज गौतम, नवराज सुवेदी, देवेन्द्र कालाथोकी, वंशीराज शर्मा,प्रेम वली लगायतको उपस्थिती रहको थियो । दुई दिने आधारभूत पत्रकारिता तालिम सन्चालनका प्रशिक्षकहरु बसन्त पौडेल, जित सागर जि एम, मदन बिक, राकेश बस्नेत, दिपक बोहोरा, सुमन केसी,यज्ञ बहादुर बुढालाई कदर पत्रसहित सम्मान गरिएको थियो ।

२०७९ माघ ४ गते बाट सन्चालनमा आएको सिएनटी प्रेस डट बिहीबारको दिनदेखि पहिलो बर्ष पार गर्दै दोस्रो बर्षमा प्रवेश गरेको हो ।

प्रकाशित मिति : २०८० माघ ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस