लाइसेन्सको ट्रायल दिंदा स्वेच्छाले सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन मन्त्री थापाको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री सरोज थापा (रोज राणा)ले सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि ट्रायल दिँदा ट्रायल सेन्टरकै सवारी साधन प्रयोग गर्नुपर्ने नियम हटाउन निर्देशन दिएका छन् ।
बुधबार दाङ देउखुरीको मसुरियास्थित मन्त्रालयको कार्यकक्षमा मन्त्री थापाले सचिव उमेश ढुंगानासहित यातायात कार्यालयका प्रमुखहरुलाई बोलाएर ट्रायल सेन्टरकै सवारी साधन प्रयोग गर्नुपर्ने नियम हटाउन निर्देशन दिएका हुन् ।
‘आफ्नो सवारी साधन हुँदाहुँदै शुल्क तिरेर ट्रायल सेन्टरकै सवारी साधन प्रयोग गर्नुपर्ने नियमको जनस्तरबाट व्यापक आलोचना भइरहेको छ, त्यसैले स्वेच्छाले सवारी साधन प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छु,’ मन्त्री थापाले भने ।
चालक अनुमतिपत्र लिने क्रममा परीक्षार्थीले स्वेच्छाले सवारी साधन ट्रायलका क्रममा प्रयोग गर्न पाउनुपर्ने माग उठेका बेला मन्त्री थापाले सर्वसाधारणलाई सहज हुने गरेर सवारी चालक अनुमति पत्र दिने व्यवस्था मिलाउन र छिटो छरितो तरिकाले सेवा प्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन दिएको बताए । स्रोत : अनलाइन खबर