छिल्लीकोटको विकासका लागि ३५ लाख बजेट

दाङ ।  तुलसीपुर उपमहानगरपालिका  १९ मा रहेको धार्मिक एवं पर्यटकीय ऐतिहासिक स्थल छिल्लीकोटको  संरक्षण तथा प्रबर्द्धन  गर्न नेपाल पर्यटन बोर्डले चासो देखाएको छ । पर्यटकीय गतिविधिका लागि न्यूनतम भौतिक पूर्वाधारको विकास गर्न स्थानीय  सरोकारवालाको समेत सहभागितामा छिल्लीकोटको विकास गरिने भएको छ ।

छिल्लीकोटको कालिका मालिका क्षेत्रको संरक्षण तथा प्रबर्द्धन गर्न चालु वर्षमा नेपाल पर्यटन बोर्डबाट ३० लाख रुपैयाँ विनियोजन भएको तुलसीपुर  १९ का वडाध्यक्ष प्रेमनाथ योगीले बताए । यस्तै छिल्लीकोट पुग्न चोरकोटदेखि मालिका मन्दिरसम्म सिडि निर्माण गरिने भएको छ  । यस्तै सिडि निर्माणका लागि  पाँच लाख रुपैयाँ विनियोजन भएको उनले बताए ।

तुलसीपुर उपमहानगरपालिका भित्र रहेका अन्य वडाहरूको तुलनामा १९ नम्बर वडाको विकट क्षेत्र रहेपनि सबै क्षेत्रको सहयोगले दाङकै पर्यटकीय क्षेत्रको चिनारी बनाउने गरि काम भैरहेको उनको भनाइ छ ।   छिल्लीकोटमा बास बस्नको लागि होमस्टेको व्यवस्था पनि रहेको छ । ऐतिहासिक एवं धार्मिकस्थल मालिका कालिकाको मन्दिर तथा विश्वकै दुर्लभ वनस्पति सुगन्ध कोकिलाको मनोरम वनले छिल्लीकोट प्रख्यात छ ।

प्रकाशित मिति : २०८० पुष २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस