सनातन हिन्दु धर्म अनुसार ई. अनन्तराजले मनाए जन्मदिन

दाङ । गुरुकुल एकेडेमीका संस्थापक अध्यक्ष ई.अनन्तराज घिमिरेले विशेष कार्यक्रम गरी आफ्नो जन्मदिन मनाए मानव र मानवताको धर्मअनुसार दिन दुखीलाई सहयोग गर्ने उद्देश्यका साथ जन्मदिन मनाई रहेका घिमिरेले जिल्लामा रहेको विभिन्न संघसंस्थाहरुलाई करिब ५० हजार बराबरको सामग्री प्रदान गरि आफ्नो जन्मदिन मनाए ।

घोराहीमा रहेको वैदिक गुरुकुलका ३० जना बटुक र गुरुहरुलाई १ महिना पुग्ने खाद्यान्न, यसैगरी घोराहीमै रहेको बृद्धाआश्रममा १० वटा कुर्सी र २५ केजी दाल र त्यहाँ रहेका वुवा आमाहरुलाई फलफुल तथा मिठाई वितरण गरेका थिए भने तुलसीपुरमा रहेको दिदीघर बाल आश्रममा करिव १ महिना पुग्ने दिउँसो चाहिने खाजाको ब्यबस्था गरेका हुन् । यस संगै वैद्धिक गुरुकुलका बटुकहरुलाई टिका लगाई दक्षिण समेत दिएका थिए । सामाज सेवासँग आफुलाई जोडेर जन्मदिन मनाउनु निकै प्रशंसनीय कदम भएको भन्दै संस्थाहरुले जन्मदिनको शुभकामना समेत दिएका थिए ।

सानै उमेरदेखि आफ्ना विभिन्न शुभकार्यको अवशर पारेर उनले समाजसेवा गर्ने गरेकाका छ्न् । विभिन्न माध्यमबाट अशक्त तथा विपन्न परिवारलगायत समाज सेवामुखी संस्थाहरुलाई सहयोग गर्दै आएका ई. घिमिरे २०३८ साल पौष २२ गते आमा जिवा घिमिरे र बुबा अर्जुन घिमिरेको कोखमा बंगलाचुली गाउँपालिका, श्रीवारी–कमिरेचौरमा जुम्ल्याहा कान्छो सन्तानका रूपमा जन्मीएका ह्न् । ई.अनन्त राज घिमिरे, घिमिरेका पाँच दिदीहरू र तीन दाजुहरू रहेका छन् । घिमिरेको प्रारम्भीक शिक्षा गोरक्ष मा.वि. चौघेरा र एस.एल.सी. दिपशिखा आ.मा.वि. घोराही दाङबाट पूरा गरेका हुन् ।

सानै उमेरदेखि तिक्ष्ण विवेक र वुद्धि भएका अनन्तको उद्देश्य अनन्त छ । उनी सम्पूर्ण नेपाललाई समृद्ध बनाउन सम्भब छ र हाम्रै पालामा सम्भब छ भन्ने उद्देश्य राख्ने ब्यक्त हुन् । एस.एल.सी पछिको उनको पढाई पश्चिमाञ्चल इन्जिनियरिङ्ग क्याम्पस पोखराबाट पूर्ण छात्रवृतिमा सिभिल इन्जिनियरिङ्ग विषयमा डिप्लोमा पूरा गरी एडभान्स कलेजबाट स्नातक तथा पूल्चोक इन्जिनियरिङ्ग क्याम्पसबाट जियोटेकनिकल इन्जिनियरिङ्ग विषयमा स्नातोक्तर शिक्षा हासिल गरे ।

आफ्नो शिक्षण पेशा इन्जिनियरिङ्ग अध्ययन संस्थान थापाथलीबाट सुरु गरेका उनले थापाथली इन्जिनियरिङ्ग क्याम्पसमा उप–प्रध्यापक, सिभिल विभागीय प्रमुख पदमा रही ८ वर्ष सेवा गरी सयौँ इन्जिनियर उत्पादन कार्यमा सहभागी भएका थिए । २०७१ सालदेखि मध्यपश्चिमाञ्चल विश्व विद्यालय सुर्खेतमा इन्जिनियरिङ्ग संकाय स्थापनाका लागि मुख्य भूमिका खेलेका घिमिरेले संकायको स्थाई सह–प्रध्यापक तथा इन्जिनियरिङ्ग संकायको डिनका रूपमा म.य.वि.वि इन्जिनियरिङ्ग संकाय स्थापनामा महत्वपूर्ण भूमिका रहेको छ ।

वाल्यकालदेखि सामाजिक कार्यमा समेत अग्रसर घिमिरे विभिन्न सामाजिक संघसंस्थाको नेतृत्वसहित घिमिरे समाजका अध्यक्ष समेत भएका छन् ।

देश बन्नु पर्दछ र बच्नु पर्दछ भन्ने सोँच राखेका घिमिरेले स्वतन्त्र मेयर बालेन शाहलाई जिताउन आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका खेलेका थिए । देश बनाउने सोँचसहित घिमिरे ई.तथा डाक्टरहरूको समूहले २०७२ सालमा गुरुकुल एकेडेमी नामक संस्थाको जन्म गराई हाल घोराही दाङमा देशकै उत्कृष्ट नतिजासहित कक्षा प्ले ग्रुपदेखि कक्षा १२ सम्म अध्ययन अध्यापन भैरहेको छ । उक्त विद्यालयको संचालक समिति अध्यक्ष इन्जिनियर घिमिरेको मुख्य सोँच र गुरुकुल एकेडेमीको मुख्य लक्ष्य संस्कारसहितको शिक्षा प्रदान गरी पूर्ण मानव सृजना गरेका छन् । शैक्षिक सत्र २०८१ देखि गुरुकुल एकेडेमी तुलसीपुर दाङ र लमही दाङमा समेत संचालन हुँदै छन ।

दाङका छोरा घिमिरेको दाङलाई समृद्ध बनाउनु पर्छ भन्ने अभियानको नेतृत्व समेत गरिरहेका छन् । प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी भई लुम्बिनी प्रदेश राजधानीको गुरूयोजना अत्यन्त छोटो समयमा सम्पन्न गराउन सफल भएका उनले प्रदेश सभा भवन निर्माण सम्पन्न गराएका थिए । ईन्जिनियर घिमिरेले दाङलाई हवाईमार्ग सँग जोड्नु नै दाङ विकासको एकमात्र मुल आधार रहेको विश्वास गर्छन ।

कुनै दिन यो देशको नेतृत्वमा रहेर सम्पूर्ण नेपाली यूवालाई देशमै स्वरोजगार सृजना गर्ने र सुझाव निमार्ण गर्ने मुख्य उद्देश्य राखेका घिमिरे नेपाल कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा विधावारिधि गर्दै छन् । उनै घिमिरेले हरेक क्षेत्रमा विकास गर्ने र गराउने गरी विभन्न समाजसेवामा लागेका छन् । साथै आफुले जुन विधि अपनाएर आफ्नो जन्मदिन मनाए । त्यसै गरी अनावश्यक खानपिन गर्ने रकमलाई सहि ठाँउमा प्रयोग गरेर मनाउन र सनातन हिन्दुधर्म अनुसार आमा बुवालाई पुजा गरी बत्ति बालेर जन्मदिन मनाउन आग्रह समेत गरे ।

प्रकाशित मिति : २०८० पुष २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस