डोजर र व्यवस्थापक सँगसँगै जान्छौँ : नगरप्रमुख खड्का

दाङ ।  तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले बजारको फुटपाट  व्यवस्थापन गर्न र अतिक्रमण भएको जग्गा हटाउन मेयर, डोजर र व्यवस्थापक सँगसँगै जाने बताए । यही पुस ३  उपमहानगरपालिकाले सडक अतिक्रमण गरी बनाइएका संरचना र राखिएका सामग्री हटाउन भन्दै १५ दिनको सार्वजनिक सूचना जारी गरेको थियो । तर, उपमहानगरको सूचनाको बेवास्ता गरेको हुँदा मेयर, डोजर र व्यवस्थापक सँगसँगै जाने समेत उनले बताए ।

उनले भने,‘ हामी पात्रो हेरेर जाँदैनौँ । हामीले सूचना जारी गरिसकेका छौँ । अब जुन सुकै बेला पनि फुटपाट  व्यवस्थापन गर्न र अतिक्रमण भएको जग्गा हटाउन मेयर, डोजर र व्यवस्थापक सँगसँगै जान्छौँ ।’यस्तै फुटपाटलाई व्यवस्थित गर्नको लागि उपमहानगरले कार्यपालिका र सभाबाट पारित गर्ने तयारी रहेको समेत उनले बताए । एक करोड बजेट रहेको र त्यो पैसाले तुलसीपुर भित्रका दुई वटा वडाहरू  ५ र ६ नम्बर भित्रका सडकहरू टालटुल गर्ने र फुटपाट बनाउने उनको भनाइ छ । उनका अनुसार आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने छ ।

उनले भने,‘ तुलसीपुरमा फुटपाटलाई व्यवस्थित गर्दा शहर पनि सुन्दर र सभ्य देखिन्छ । अतिक्रमण भएको जग्गा पनि उपलब्ध हुन्छ । हामीले यसको सुरुवात गरिसकेका छौँ । अब सम्पन्न गर्न बाँकी छ । ’यस्तै उनले उपमहानगरको बजारक्षेत्रमा अतिक्रमण गरेर बसेका जग्गाको हकमा  वडा नम्बर, ५, ६,७ र ९ का वडाअध्यक्षहरूसँग समन्वय गरेर नगरेको नेतृत्वमा उहाँहरूको सहयोगमा अतिक्रमित जग्गा हटाउने काम जारी राखेको समेत बताए । उनले भने,‘ उपमहानगरको कार्यालयसँगै रहेको २ वटा घरहरू हामी भत्काएका छौँ । तुलसीपुर ५ मा ३ / ४ वटा घरहरू भत्काएका  छौँ । तर, हामीले प्रचार गरेका छौँ । काम गरिरहेका छौँ । ’  तुलसीपुर बजारमा सडक साँघुरा हुँदा बाटो मै  पार्किङ गर्नुपर्ने बाध्यता छ ।  पैदलयात्री हिँड्न समेत समस्या र जोखिमपूर्ण  रहेको  छ ।

प्रकाशित मिति : २०८० पुष २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस