खाद्यअधिकार संजालद्धारा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्षलाई ज्ञापन पत्र

दाङ । सिमान्तकृत, कृषक, र बिपन्न सुमदायका मानीसहरुको खाध्य अधिकार सुरक्षित हुनु पर्ने माग सहित लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर नहकुल केसीलाई ध्यानाआर्कषण पत्र बुभाईएको छ । खाध्य अधिकार संजालका मध्यपश्चिम सयोजक सुरेश गौतम, गढवाका अध्यक्ष उमाकान्त पन्त र घोराही खाद्य अधिकार सजालका अध्यक्ष साजिदा सिद्धीकीसहितको टोलीले शुक्रबार प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर केसीलाई ज्ञापन पत्र बुझाएको गढवा गाउँपालिका स्तरीय सजालका अध्यक्ष उमाकान्त पन्तले जानकारी दिए । 

ध्यानाकर्षण पत्रमा वर्षोदेखि माटाका भाँडाकुँडा बनाउँदै आएका गढवाका कुमाल समुदायका मानिसद्वारा निर्मित भाडाहरूलाई स्तरीकरण र बजारीकरणका लागी सहयोग गर्नुपर्ने , बड्कापथ सिचाइ आयोजनाले नसमेटेको गढवा गाउँपालिका अन्र्तगत चन्दनपुर आसपास र सो क्षेत्रमा सिचाई सेवाबाट बन्चित रहेको भूभागलाई सिचाइ सुविधा पुर्‍याउनका लागि  पहल गर्नुपर्ने र बनराजा भनेर चिनिने दाङको तुलसीपुर उपमहानगरपालिका अन्र्तगत खाद्रेम र घोराही उपमहानगर पालिका वडा नम्बर १८ सहितका क्षेत्रमा बसोबास गर्ने कुसुन्डा जातिका मानिसहरूलाई अस्थाई आवासको लागि  उपलब्ध गराइएको जग्गाको लालपुर्जा उपलब्ध गराउनका लागि  आवश्यक सहयोग गर्नु पर्ने लगायतका मागहरूसहित ज्ञापन पत्र बुझाइएको खाद्य सजाल घोराहीका अध्यक्ष साजिदा सिद्धीकीले जानकारी दिइन् । 

ध्यानाकर्षण पत्र बुझ्दै योजना आयोगका उपाध्यक्ष डाक्टर नहकुल केसीले गढवाका लगायत लुम्बिनी प्रदेशमा रहेका माटाका भाडा बनाउने कुमालहरुको व्यवसाय प्रर्वद्धनका लागी प्रदेश सरकारले निश्चित बजेट बिनियोजन गरेको र अन्य मागहरूको सवालमा प्रदेश सरकार योजना आयोगले आवश्यक पहल गर्ने आश्वासन दिनु भएको गढवा गाउपालिका स्तरीय खाद्य सजालका अध्यक्ष पन्तले बताए ।

प्रकाशित मिति : २०८० पुष १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस