ललितपुरको बालकुमारीमा प्रदर्शनमा घाइते एक जनाको मृत्यु
काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ ।
प्रर्दशनमा प्रहरीको गोलि लागेर किष्ट अस्पतालमा उपचारत २३ वर्षीय सुजन राउतको उपचारका क्रममा निधन भएको अस्पतालले पुष्टि गरेको छ । गोली लागि अर्को एक जना गंभिर घाइते भएका छन् । उनको उपचार भइरहेको अस्पताले जनाएको छ ।
शुक्रबार रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले बालकुमारीमा प्रदर्शन गरेका थिए । प्रर्दशनकारीहरुले भौतिक पूर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी गरेका थिए ।
प्रकाशित मिति : २०८० पुष १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

