नवनियुक्त ६ जना न्यायाधीशहरूद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशहरूले पद तथा गोपनीयताको शपथ दिएका छन् । राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा न्यायाधीशहरूलाई प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ गराएका थिए । 

न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका सुनिल पोखरेल, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन् । 

प्रकाशित मिति : २०८० पुष ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस