ट्याक्टरबाट खसेर एक किशोरीको मृत्यु

दाङ । दाङमा ट्याक्टर बाट खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा सवार रहेका घोराही उपमहानगरपालिका १८ प्रगति टोलका कृष्ण घर्ती मगरको छोरी १७ वर्षीया माया घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं  डीएसपी जनक बहादुर मल्लले जानकारी दिए ।

मंगलबार दिउँसो घोराही उपमहानगरपालिका १८ रानीजरुवाबाट घोराही तर्फ जाँदै गरेको रा १ त १६५५ नम्बरको खाली ट्याक्टरबाट खसेर घाइते भएका मायाको  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्याक्टरलाई नियन्त्रणमा लिएको र ट्याक्टर चालक फरार रहेकाले खोजी कार्य भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८० पुष ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस