स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाको ३१ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘रक्तदान नै जीवन हो ’ भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै नेपाल पत्रकार महासंघ दाङ शाखाले आफ्नो स्थापना दिवसको अवसर वर्षेनी नियमित रक्तदान कार्यक्रम यस वर्ष पनि सोमवार सम्पन्न गरेको हो । त्यस अवसरमा २३ जना रक्तदानहरूले रक्तदान गरेका हुन।
जसमा नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार सविन प्रियासन, नेकपा माओवादी केन्द्रका जिल्ला सहसचिव विश्वराज आचार्य, रेमन्ता पुन, महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु सदस्य गणेश पौडेल, पत्रकारहरू नेपाल पत्रकार महासंघ दाङ शाखा सहसचिव दिप्तीशिखा चौधरी, जनक नेपाली, जङ्ग रेउले, सुनिल परियार, रविन्द्र गौतम, गिरिराज नेपाली , हेमराज परिवर्तन, उमा भण्डारी , यमकला भुसाल, शैलेश अधिकारी, रोम थापा, पिताम्बर रिजाल र हिमाल महरा रक्तदान गरेका थिए ।
त्यस्तै पद्मोदय क्याम्पस घोराहीका नारायणी डाँगी, निर्मला भण्डारी, बिनिता नेपाली , निरज पौडेल र दिनेश पोख्रेलले रक्तदान गरेको रक्तदान कार्यक्रमका संयोजक नेपाल पत्रकार महासंघ दाङका शाखा सदस्य गिरिराज नेपालीले जानकारी दिए ।

