रमिता गरिन बुबाको किरिया

दाङ । दाङको शान्तिनगर गाउँपालिका ४ जुम्लेकुलाकी रमिता परियार आफ्नो बुबाको किरिया गरेकी छन् । मंसिर १८ गते बुबाको मृत्यु भएपछि घरकी कान्छी छोरी रमिताले बुबाको किरिया गरेकी हुन् । उनी ५ वटी दिदी र एक जना दाजु रहेका छन् । तर, दिदीहरू सबैको विवाह भएको र दाजु विदेशमा हुँदा आफूले बुबाको किरिया गरेको उनको भनाइ छ । उनले भनिन्,‘ बुबाले पनि हामीलाई छोरा, छोरी दुबै बराबर हुन भन्नु हुन्थ्यो । त्यो भएर पनि मैले किरिया गरेको हुँ ! घरमा दादा नभएर के भयो त ? बाबाले छोरा छोरी एउटै हुन भन्नु हुन्थ्यो । मलाई सबै कुराहरू पनि थाहा छ । म पढेलेखेको मान्छे हो । त्यो भएर नै मैले आफ्ना बुबाको किरिया गरे ।’
उनका अनुसार घरको आर्थिक स्थितिका कारण दाजु विदेश गएको र बुबाको मृत्यु भएपछि समयमा आउन सकेन । जसले गर्दा पनि आफूले नै यो गर्नु पर्छ, भन्ने लागेको गरेको उनको भनाइ छ । उनका दाजु अहिले साउदी अरबमा रहेका छन् । बाबाको निधन भएपछि घरमा छोरा मान्छे नहुँदा बाहिरबाट दाजुहरू आए शव दाहसंस्कारको लागी लगेको भन्दै उनले अहिले गाउँ घरमा यस्तै अवस्था हुने लागेको समेत बताइन् ।
उनले भनिन्,‘ नेपालमा रोजगारी पाइदैन् । बाध्यताले विदेशिनु पर्दछ । अहिलेको अवस्थामा घरमा कुनै ब्यक्तिको निधन भएपछि बाहिरबाट मान्छे खोजेर शव उठाउनु पर्ने अवस्था रहेको छ । जसले गर्दा छोरा मान्छेहरू नहुँदा सबै काम काज नहुने अवस्था भयो रु त्यसैले छोरा, छोरी बराबर हुने, भन्ने लागेको हुँदा मैले यो काम गरेकी हुँ १’
यस्तै उनले अहिले पनि समाजमा छोरा खोज्न गरेको भन्दै छोरा, छोरी बराबर भएको समेत बताइन् । उनले छोराले गर्ने काम पनि छोरीले गर्न सक्ने भन्दै छोरा छोरीमा भेदभाव गर्न नहुने समेत बताइन् । बुबाको किरिया गरेपछि गाउँ समाजबाट पनि राम्रो प्रतिक्रिया पाइरहेको उनको भनाइ छ । छोरी मान्छेले बुवा आमाको काजकिरिया गर्नु हुँदैन, कुरामा एउटा उद्धरणीय कार्य गरेको स्थानीयहरूको भनाइ छ । शुरुमा बुबाको काजकिरिया म गर्छु, भन्दा कसैले नमाने भन्दै उनले आफूले नै गर्ने अडान लिएपछि बसेको समेत बताइन् । उनका बुवा बिजयराम दमाइको ब्रेन ट्युमरका कारण उपचारको क्रममा मृत्यु भएको थियो ।