दाङमा टिपर र मोटसाइकल ठोकिँदा आमाको मृत्यु, छोरा घाइते

दाङ ।  दाङमा टिपर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ,  भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा लमही ४ निवासी ६४ वर्षीय दिपा बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।   

घोराहीबाट लमहीतर्फ जाँदै  गरेको रा १ ख २८४० नम्बरको खाली टिपर र सोही दिशातर्फ जाँदै  गरेको रा ७ प ३३३१ नम्बरको मोटरसाइकल घोराही ३ मसोट नजिकै आपसमा ठक्कर खादा मोटरसाइकलमा सवार बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका  प्रवक्ता एवम् डीएसपी जनक बहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार दिपाको उपचारको क्रममा मृत्यु भएको र   मोटरसाइकल चालक उनका   २३ वर्षीय छोरा सफल बुढाथोकी घाइते भएका छन्  । उनको  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।  मंगलबार दिउँसो करिब साढे १ बजेतिर दुर्घटना भएको र टिपर चालक घोराही १४ का ३२ वर्षीय प्रकाश केसीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ 

प्रकाशित मिति : २०८० मङ्सिर २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस