पत्रकार महासंघ दाङको ३१ औं स्थापना दिवस मनाउने

दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले ३१ औँ स्थापना दिवस विविध कार्यक्रम गरि मनाउने भएको छ । महासङ्घको आइतबार बसेको बैठकले स्थापना दिवसको अवसरमा पुस १ देखी ४ गतेसम्म विविध कार्यक्रम गरि मनाउने निर्णय गरेको हो । दिवसको अवसरमा पुस १ गते रक्तदान कार्यक्रम, २ गते खेलकुद कार्यक्रम, ३ गते ज्येष्ठ पत्रकारहरूसँग भेटघाट एवं अनुभव आदानप्रदान कार्यक्रम र ४ गते शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय गरेको हो । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बसेको बैठकले दिवसका लागी विभिन्न समितिहरू गठन गरेको छ ।
कार्यक्रम व्यवस्थापनका लागी सचिव आर.के.शीतल संयोजक, सहसचिवहरु दशरथ घिमिरे र दिप्तीशीखा चौधरी सदस्य रहेको कार्यक्रम व्यवस्थापन समिति, उदय विसी संयोजक, जीवन नेपाली र गिरिराज नेपाली सदस्य रहेको मञ्च व्यवस्थापन समिति, दिप्तीशीखा चौधरी संयोजक अञ्जना चौधरी, यमकला भुसाल र उमा भण्डारी सदस्य रहेको फूलमाला व्यवस्थापन तथा अतिथि सत्कार समिति गठन गरिएको छ । रक्तदान कार्यक्रम संयोजनका लागी सदस्य गिरिराज नेपाली र खेलकुद कार्यक्रमको संयोजनका लागी सदस्य कुलदीप न्यौपानेलाई जिम्मेवारी दिइएको छ ।
स्थापना दिवसको अवसरमा पत्रकार महासंघ दाङको कार्यसमिति बैठकमा सर्वाधिक उपस्थित हुने एक जना सदस्यलाई सम्मान गर्ने निर्णय गरेको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिसँगको सहकार्यमा पुस ५ र ६ गते फ्रि मिडिया नेटवर्कको बैठक र भ्रामक समाचारको दुरुपयोग नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने, दाङको समग्र विकासका लागी दाङ जिल्ला उद्योग वाणिज्य संघको अगुवाइमा गठन भएको ‘दाङ–देउखुरी विकास सरोकार मञ्च’मा नेपाल पत्रकार महासंघ दाङको तर्फबाट निवर्तमान अध्यक्ष एवं सल्लाहकार सविन प्रियासनलाई प्रतिनिधि पठाउने निर्णय भएको सचिव आर.के.शीतलले जानकारी दिए ।
बैठकले नेपाल पत्रकार महासंघ दाङका सदस्य प्रेमबहादुर राम्जा मिति २०८० कार्तिक १७ गते बबई गाउपालिका ७ मलै खोलाबाट घर फर्कने क्रममा सवारी दुर्घटना परि घाईते भएकाले उनको उपचारका लागी पत्रकार राहत कोषबाट १० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।