सल्यानबाट तुलसीपुर आउँदै गरेको ट्रक खस्यो

दाङ । दाङको तुलसीपुर उपपमहानगरपालिका ३ को सात्ताले नजिकैबाट ट्रक खसेको छ । तुलसीपुरबाट सल्यानका लागी छुटेको रा १ ख २५०१ नम्बरको ट्रक तुलसीपुर ३ को झक्रेनी थानको डाँडा भन्ने स्थानबाट आज बेलुका ६ बजेको समयमा सडकदेखी खसेको प्रहरीले जनाएको छ ।
केही बर्ष पहिले विद्यार्थी चडेको बस खसेको स्थानदेखी नजिकैबाट ट्रक खसेको बुझिएको छ । उक्त ट्रकमा दुईजना सवार रहेको अनुमान गरिएपनी अझै थप विवरण आउन भने बाँकी रहेको छ । घटनास्थलमा अहिले अस्थायी प्रहरी चौकी गोटीखोलाका इन्चार्ज प्रहरी सहायक निरीक्षक भरतनाथ योगीसहितको प्रहरी टोली पुग्दै छ ।
प्रकाशित मिति : २०८० मङ्सिर २० गते बुधवार
प्रतिक्रिया दिनुहोस