धारिलो हतियार प्रहार गरि श्रीमतीको हत्या

सल्यान । सल्यानमा धारिलो हतियार बन्चरो प्रहार गरी श्रीमान्‌ले श्रीमतीको हत्या गरेका छन्।

जिल्लाको सिद्धकुमाख गाउँपालिका–३ उचाल्नेका ४५ वर्षका डम्मर सार्कीले श्रीमती अन्दाजी ४० वर्षकी शीतली सार्कीको बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।​

बुधवार बिहान डम्मरले बन्चरोले हानी हत्या गरेको जिल्ला प्रहरी  कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए। उनलाई ढोरचौर बजार नजिकैबाट पक्राउ गरिएको उनको भनाइ छ। हत्या गर्नुको कारण खुल्न नसकेको प्रहरीले  जनाएको छ।

प्रकाशित मिति : २०८० मङ्सिर २० गते बुधवार
प्रतिक्रिया दिनुहोस