घोराही–लमही सडक खण्ड आजदेखि दुई दिन बन्द

फाइल तस्वीर

दाङ । घोराही–लमही सडक दुई दिन बन्द हुने भएको छ । मसोट खोला उकालोमा सडक मर्मतका लागि आज र भोलि दुई दिन सडक बन्द हुने सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

मंगलबार (मंसिर १९) र बुधबार (मंसिर २०) गते बिहान ६ बजेदेखि ९ बजेसम्म, बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र बेलुका पाँच बजेदेखि ७ बजेसम्म सडक बन्द गरेर मर्मत गरिने भएको हो । बन्द हुने समयमा वैकल्पीक रुपमा अर्जुनखोला–अमेलिया–तुलसीपुर घोराही सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस