अन्तर विद्यालय बास्केट बल प्रतियोगितामा गुरुकुल प्रथम

दाङ । दाङको घोराहीमा भएको बास्केटबल प्रतियोगितामा गुरुकुल एकेडेमीले उपाधि उचालेको छ । आज भएको फाइनल खेलमा गोरखा बोर्डिङलाई ६० अङ्कका विरुद्ध ७६ अङ्क लिएर गुरुकुल एकेडेमी प्रथम स्थान हासिल गर्न सफल भयको हो । घोराही उपमहानगरपालिकाको खेलकुद विकास समितिको आयोजनामा अन्तरविद्यालय बास्केटबल प्रतियोगिता भएको हो । गत १२ गतेबाट भयको प्रतियोगिताको फाइनल खेल आज भयको हो ।
विद्यार्थीहरूलाई खेल क्षेत्रमा बिकसित गराउने तथा लोप हुँदै गएको महत्वपूर्ण खेल बास्केटबल लाई बचाई राख्न र सँगसँगै शारीरिक फिट गराउने र खेलाडीहरूमा प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुनले जानकारी दिए । आज भयको फाइनल खेलमा गुरुकुल एकेडेमीका एञ्जल चन्द सबैभन्दा उत्कृष्ट खेलाडी बन्न सफल भयका छन भने विराज पुन राइजिङ स्टार बनेका छन । सामुदायिक र संस्थागत विद्यालयहरू बिच प्रतियोगिता गर्ने घोराही उपमहानगरपालिकाको निर्णय अनुसार बास्केटबल प्रतियोगिता गरिएको हो तर सामुदायिक विद्यालयहरूले भने भाग लिएका थिएनन् ।
यसै गरी संस्थागत ७ विद्यालयबाट ८ वटा समुह प्रतियोगितामा सहभागी भएका थिए । यि सबै समुहहरूलाई पछि पार्दै गुरुकुल एकेडेमीले उपाधि चुम्न सफल भएको हो । गुरुकुल एकेडेमीले जिल्लामा हुने धेरै जस्तो प्रतियोगितामा प्रथम उपाधि पाइसकेको छ । शिक्षा क्षेत्रमा अब्बल बनेको विद्यालय खेल क्षेत्रमा पनि अब्बल बन्दै गइरहेको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सबै खेलाडीलाई ट्रफी प्रदान गरिएको थियो भने विजेतालाई ट्रफी ,मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो । विजेता टिम गुरुकुल एकेडेमीको प्रशिक्षकमा बास्केटबल प्रशिक्षक राष्ट्रिय खेलाडी भूगोल कँवर मगर रहेको थियो भने प्रतियोगिता व्यवस्थापनमा अतिरिक्त विभाग संयोजक विशालमान श्रेष्ठ रहेका थिए ।