दाङमा दोस्रो पटक प्याराग्लाइडिङ उडान सफल

फाईल फोटो

लुम्बिनी । लुम्बिनी प्रदेश राप्ती गाउँ पालिका वडा नं. २ देवीकाेटमा प्याराग्लाइडिङ परिक्षण तथा एग्राे रिसोर्टकाे शिलान्यास कार्यक्रम सम्पन्न भएकाे छ । उक्त कार्यक्रमकाे प्रमुख अतिथि लुम्बिनी प्रदेशका सभामुख बसन्त घर्तीले गरेका हुन् ।

रिडी राप्ती ग्रुप र बाबू एडभेन्चर्सकाे सहकार्यमा उडान परिक्षण गरिएको हाे । प्याराग्लाइडिङ देवीकाेटकाे डाँडाबाट उडान परिक्षण गरिएकाे हाे भने उडानका अतिथिकोकाे रुपमा रहेका लुम्बिनी प्रदेश सभामुख बसन्त घर्ती, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्ट र रिडि राप्तीका संस्थापक अध्यक्ष मान बहादुर बुढाले उडान भरी उद्घाटन गरेका हुन् ।

यस क्षेत्रमा प्यारा ग्लाइडिङ गर्दा पर्यटन विकासमा ठूलाे सहयोग र सफलता मिल्ने समेत सभामुखले बालेका हुन् । अब यस क्षेत्रमा कृषि खपत र स्थानीयमा पर्यटक आगमनले नयाँ उर्जा र केही आसा पलाएकाे समेत बताए ।

त्यसै संचालक समिति तथा संथापक अध्यक्ष मानबहादुर बुढाले याे देवीकाेट र राप्ती पर्यटन विकासका लागि संस्थाले कुनै पनि कन्जुस्याइँ नगरी अबका दिनहरुमा नयाँ थप उर्जा र नयाँ सहज बाताबरण तयार गरि निरन्तर उडान गर्ने समेत जानकारी दिए । याे आयाेजना सफल बनाउन अनुमानि १० कराेड लाग्ने सक्ने सम्भावना देखिएकाे अध्यक्षले जानकारी दिए ।

स्थानीयहरुमा भने भिन्नै खुसियाली थपिएको बताउँछन् स्थानीयका भनाइ अनुसार हामीले यहाँ याे क्षेत्रमा यसरी प्याराग्लाइडिङ देख्न पाउछाै भन्ने लागेकाे थिएन तर आज एक्कासि आकाशमा चीलझै उडेका प्याराग्लाइडिङले हामी भाग्यमानी रहेकाे बताउँछन् ।

प्रकाशित मिति : २०८० मङ्सिर १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस