बझाङमा ४.१ रेक्टर स्केलको भूकम्प

बझाङ । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। आज साँझ ६:४४ बजे बझाङ सदरमुकाम र आसपासमा भूकम्प धक्का महसुस गरिएको हो।
सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।गत असोज १६ गते गएको भूकम्पको परकम्प रहेको भूकम्पविद् लोकविजय अधिकारीले बताए।
प्रकाशित मिति : २०८० मङ्सिर १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस