जाजरकोटमा चिसोबाट सुत्केरीको मृत्यु

जाजरकोट । नलगाड नगरपालिका ८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ। भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी चदारा करिब महिनाकी सुत्केरी भएकी थिइन्।

स्थानीय टेकबहादुर नेपालीले चदाराको सोमबार राति चिसोबाट मृत्यु भएको जानकारी दिए । नलगाड  ८ का वडाध्यक्ष तेजबहादुर सिंहका अनुसार  घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ ।  उनले छोरीको जन्म दिएकी थिइन् ।

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर भूकम्प जाँदा १५४ जनाको मृत्यु भएको छ भने ३४६ घाइते भएका थिए ।  भूकम्पबाट २६ हजार ५५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार ४५५ घरमा आंशिक क्षति भएको जनाइएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस