तुलसीपुरमा कर्मचारी संगठनको बृहत अन्तर्किया तथा चियापान कार्यक्रम

दाङ । नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय अध्यक्ष लेखनाथ कोईरालाको प्रमुख आतिथ्यतामा तुलसीपुरमा बृहत अन्तर्किया तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । नेपाल निजामती कर्मचारी संगठन तुलसीपुर नगर कमिटीको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता तुलसीपुर नगर अध्यक्ष हिमालय शर्माले गरेका थिए ।

संगठनको केन्द्रिय अध्यक्ष लेखनाथ कोईरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संगठनको केन्द्रिय सदस्य तथा दाङ ईन्चार्ज गोकर्ण वली, केन्दिय सदस्य किरण अधिकारी, लुम्बिनी प्रदेश कमिटी सदस्य राम बहादुर वली, पुर्व केन्दिय सदस्य तथा दाङ अध्यक्ष राम कुमारा आचार्य, स्वास्थ्य प्राविधिक संघ दाङको अध्यक्ष द्रोण वलीलगाएत तुलसीपुर क्षेत्रमा उपलव्ध संगठनका कर्मचारीहरूको सहभागीता रहेको थियो । नेपाल निजामती कर्मचारी संगठन दाङको सचिव तथा तुलसीपुर नगर ईन्चार्ज बाबुराम न्यौपानेको स्वागत मन्तव्य बाट सुरू भएको कार्यक्रममा अधिकांश सहभागीहरूले निजामती सेवा ऐन, स्थाननीय तहमा कार्यरत कर्मचारीका समस्या, संगठनले खेल्नुपर्ने भुमिका लगायता विषयमा आफ्ना विचार, जिज्ञासा तथा सुझावहरू राखेका थिए ।

सहभागीको तर्फबाट उठेका कुराहरुलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोईरालाले संगठन विगत वर्ष देखिनै कर्मचारीको हकहितको सन्दर्भमा अग्रपंतिमा रहेर काम गर्दै आएको र आगामी दिनमा पनि नेतृत्वदायी भूमिकाको साथ अग्रमोर्चामा रहेर लडने प्रतिवद्वता व्यक्त गरे । सरकारले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीको भावना समेटेर एकिकृत निजामती सेवा ऐन ल्याउनुपर्ने कुरामा जोड दिदै प्रमुख अतिथि कोईरालाले संगठन त्यसको लागि निरन्तर खबरदारी गरिरहेको हुँदा विश्वासको साथ आफ्नो काममा लाग्न निर्देशन दिए।

साथै, सरकारले तीन तहका कर्मचारी विच बिभेद् हुने निजामती सेवा ऐन संसदमा पेश गरेको खण्डमा निजामती कर्मचारी संगठनको नेतृत्वमा बृहत आन्दोलन हुने र त्यसको लागी सवै चनाखो भएर बस्नुपर्ने बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लेखनाथ कोईरालाले संगठनको विगतको कामको समिक्षा गर्दै आगामी योजनाको बारेमा पनि महत्वपूर्ण कुराहरू राखेका थिए । कार्यक्रमको सहजीकरण संगठनको तुलसीपुर नगर सविव केशवराज डाँगीले गरेका थिए ।

प्रकाशित मिति : २०८० मङ्सिर १० गते आइतवार
प्रतिक्रिया दिनुहोस