ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङ । दाङको तुलसीपुरमा ट्याक्टर दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरका सहचालक तुलसीपुर १९ सग्राम निवासी अन्दाजी १७÷१८ वर्षीय बिराज बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।

दुर्घटनामा परी गम्भिर घाइते भएका बिकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा शनिबार दिउँसो ३ बजेको समयमा मृत्यु भएको हो । प्रहरीका अनुसार सग्रामबाट सातकुले तर्फ जादै गरेको लु ३ त ९६६६ नम्बरको जोत्ने ट्याक्टर आज दिउँसो पौने २ बजेतिर तुलसीपुर १८ को सातकुलेमै अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी ट्याक्टरका साहु सोही ठाउँका ३१ वर्षीय सुरेन्द्र केसी घाइते भएको प्रहरीले जनाएको छ । उनको अहिले प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर साहु सोही ठाउँका २६ वर्षीय शन्तोष नेपालीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस