ललित स्मृति कप टु ए साईट खुला पुरुष भलिबल हुने

दाङ । दाङको तुलसिपुरमा ललित स्मृति कप टु ए साईट खुला पुरुष भलिबल प्रतियोगिता २०८० हुने भएको छ । फेलोसिप ट्रेनिङ सेन्टर तुलसिपुरको आयोजनामा संचालन हुने प्रतियोगिता यहि मंसिर २८ गते देखि सुरु हुनेछ । २०७७ साल असार २८ गते मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका तत्कालीन फेलोसिप ट्रेनिङ सेन्टरका संचालक गङ्गादेव गाउँ पालिका वडा नं. ७ रोल्पा राक निवासी स्वर्गीय ललित बुढामगरको सम्झनामा प्रतियोगिताको आयोजना गरिएको हो ।
राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसिपुर खेल मैदानमा तीन दिन सम्म संचालन हुने प्रतियोगितामा २० बढी टिमको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगिताको बिजेता टिमले नगद ३० हजार, कप, मेडल प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै द्वितिय र तृतीय हुने टिमले क्रमशः नगद २० र १० हजार,कप, मेडल प्रमाणपत्र हात पार्ने आयोजक फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु एरिले जानकारी दिए। साथै प्रतियोगितामा सहभागी टिमका लागि दर्ता शुल्क ३ हजार राखिएको एरिले जानकारी दिए ।