जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

दाङ । दाङमा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ निवासी ३१ वर्षीय सुवास पुलामी रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक जनक मल्लले जानकारी दिए ।
पुलामीलाई २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको छ । डिएसपी मल्लका अनुसार महिलालाई विवाह गर्छु भनी ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटी गएको प्रहरीले उनलाई सोमबार बेलुका पक्राउ गरेको हो ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० मङ्सिर ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस