तुलसीपुरमा गरिब परिवार पहिचान गर्न तथ्याङ्क संकलन शुरु

दाङ । तुलसीपुर उपमहानगरपालिकामा गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रम अन्तर्गत तथ्याङ्क संकलन शुरु भएको छ । यही कात्तिक २३ गते देखि तुलसीपुरका सबै वडाहरूमा एकैसाथ तथ्याङ्क संकलन कार्य सुरु गरिने तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी बाबुराम न्यौपानेले जानकारी दिए ।

तथ्याङ्क संकलन गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट ३२ जना गणक र ४ जना सुपरीवेक्षक आउने लागेको उनले बताए । उनीहरूले प्रत्येक नागरिकको घर घरमा पुगेर व्यक्तिगत, पारिवारिक, आर्थिक, विश्लेषण, सूची तयार गरि तथ्याङ्क संकलन गर्ने छन ।

त्यस पश्चात राज्य सुविधा अनुरूप परिचयपत्र वितरण कार्यक्रम गरिने छ । तथ्याङ्क संकलन कार्यक्रम ४ महिनासम्म चल्ने छ । घरदैलोमा आउने गणकहरूलाई सत्यतथ्य विवरण उपलब्ध गराई महत्वपूर्ण कार्यक्रममा सहयोग पुर्‍याउन उपमहानगरपालिकाले नगरवासीहरूमा अनुरोध पनि गरेको छ ।

प्रकाशित मिति : २०८० कार्तिक २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस