दुधरास बचतले गर्यो ११ओँ साधारणसभा सम्पन्न

दाङ । दुधरास बचत तथा ऋण सहकारी संस्था लि.को ११ओैँ साधारण सभा आज तुलसीपुर–१८ दुधरासमा सम्पन्न भएको छ । उक्त साधारण सभामा सहकारीका अध्यक्ष केशबराज रिजालले सहकारीहरुमा पूँजी लगानी र त्यसबाट मुनाफा मात्रै गर्ने उद्देश्य भईरहदा कसरी सहकारीको पुँजीलाई रचनात्मक काममा लगाउने र त्यसले आम उपभोक्ताहरुलाई कसरी जिविकोपार्जन गर्नमा सहयोग पु¥याउँछ भन्ने कुरामा सहकारीहरुले बिषेश ध्यान दिनुपर्ने कुराको जोड दिँदै देशको अर्थतन्त्र सँग सहकारीहरु जोडिनुपर्ने बताउँदै नजिकिदै आएको शुभ दिपावली र छठ पर्वको शुभकामना दिए ।

कार्यक्रममा संस्थाका सदस्य बिरेन्द्र खड्काले हिजोको सहकारी र आजको सहकारीको मोडालिटी परिवर्तन भएको हुँदा अब नयाँ ढङ्गले अघि बढ्नुपर्ने कुरामा जोड दिए । हिजो जस्तै हातेमालो गरेर अघि बढ्न सकियो भने सहकारीहरु देशको उत्कृष्ट स्थानमा हुने र यसले देशको अर्थतन्त्रमा सहयोग गर्ने उनको जिकिर गरेको थियो । हिजो झोलाबाट सुरु भएको सहकारी आज करोडौँको कारोबार गर्न सफल भएको पनि हाम्रै सक्रियता र ईमान्दारीताले हो भन्दै सहकारीलाई बहुउद्देश्यीय सहकारीका रुपमा बिस्तार गर्न तयारी भईरहेको जानकारी गराए ।

सहकारीलाई मेरो होईन हाम्रो हो भनेर अघि बढ्न सकियो भने हामी हाम्रो सहकारीलाई अझै यो भन्दा उत्कृष्ट बनाउन सक्ने कार्यक्रममा बोल्ने बक्ताहरुको भनाई रहेको थियो । साधारण सभामा संस्थाका ब्यबस्थापक शिवराज डाँगीले आ.ब २०७९/०८० को आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको आर्थिक प्रतिबेदनमा सहकारीले आम्दानी तर्फ बिभिन्न शिर्षकहरुमा २९ लाख ३५ हजार १ सय २२ रुपैयाँ आम्दानी गरेको र खर्च कटाएर शुद्ध मुनाफा सहकारीले बर्षमा ३ लाख ८ हजार ९ सय २९ रुपैयाँ ६९ पैसा गर्न सफल भएको प्रतिबेदनमा उल्लेख गरिएको थियो ।

संस्थाको हालको आय पुँजी ५ करोड ६९ लाख ७ हजार ५ सय ७२ रुपैयाँ २ पैसा रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको थियो । कार्यक्रममा लेखा समितिका संयोजक युवराज डाँगीले संस्था २०६९ सालमा स्थापना भएको र हालसम्म आईपुग्दा निकै महत्वपुर्ण कामहरु गरेको भन्दै लेखा समितिको प्रतिवेदन सार्वजनिक गरेका थिए ।

उनले आफ्नो प्रतिवेदनमा आ.व २०८०/०८१ को अनुमानित बजेट पेश गरेका थिए । जसमध्ये आम्दानी तर्फ ३० लाख ५५ हजार, खर्चतर्फ २७ लाख ३३ हजार ५ सय ४२ रुपैयाँ ५३ पैसा र मुनाफा ३ लाख २१ हजार ४ सय ५७ रुपैयाँ ४७ पैसाको रहने गरि अनुमानित बजेट पेश गरेका थिए ।
संस्थाका अध्यक्ष केशवराज रिजालको अध्यक्षता एवम् संस्थाका जेष्ठ सदस्य जागेश्वर सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभा संस्थाका उपाध्यक्ष धन बहादुर बस्नेतको स्वागत मन्तब्यबाट सुरु भएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका सचिव प्रमोद घिमिरेले गरेका थिए ।

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस