दाङमा दुई दिने प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगिता शुरु

दाङ । दाङको तुलसीपुरमा दुई दिने प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगिता शुरु भएको छ । लुम्बिनी प्रदेश तेक्वान्दो संघको आयोजनामा प्रदेशमा पहिलो पटक प्रतियोगिता शुरु भएको छ । प्रदेशका ८ जिल्लाका र र कर्णाली प्रदेशको एउटा जिल्ला सल्यानलाई पनि आमन्त्रित सदस्यको रुपमा सहभागिता गराइएको संघका अध्यक्ष विमल रिजालले बताए । उनका अनुसार प्रतियोगितामा २१ वर्ष मुनिका विद्यालय तथा क्लब मार्फत खेल खेली रहेका करिब साढे ८ सय जना खेलाडी सहभागि छन् । यस्तै उनले अबका दिनमा प्रत्येक वर्ष यस्तो खेलको आयोजना गर्ने समेत बताए ।
उनका अनुसार गेरुकी र पुन्से गरी दुई विद्यामा खेल हुने छ । प्रतियोगिता गराउनुको मुख्य उद्देश्य स्वास्थ्य र शिक्षालाई अगाडि बढाउन खेलकुद पनि एउटा पार्ट भएको हुँदा आफूहरूले आयोजना गरेको समेत उनको भनाइ छ । खेलको स्तरवृद्धि गर्दै खेलाडीहरूलाई उत्साहित गर्ने समेत रहेको उनले बताए ।
उनले भने,‘ अहिले हाम्रो समाजको अनुशासनको कमी देखिन्छ । मानिसहरको आफ्नो जिम्मेवारीबाट पन्छिरहेको अवस्था रहेको छ । खेलकुद क्षेत्रबाट पनि समाजलाई सुधार्ने सकिन्छ, भने पनि हाम्रो उद्देश्य रहेको छ । उनका अनुसार खेल शनिबारसम्म सञ्चालन हुने छ । यस्तै उनले संघले आयोजना गरेको प्रतियोगितामा धेरै खेलाडीहरू आउँदा व्यवस्थापन गर्न समस्या भएको समेत बताए । उनले भने,‘ हामीले दाङ लगायत अन्य जिल्लाबाट गरि करिब ४ / ५ सय खेलाडी जम्मा हुने अनुमा गरेका थियौँ । तर, यहाँ झण्डै साढे ८ सय जना खेलाडी आएका छन् ।’
त्यस्तैगरी प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले कुनै पनि खेलले नेपाल र नेपालीलाई विश्वसामु चिनाएको बताए । उनले तेक्वान्दो खेलले पनि विश्वमा नेपालीलाई चिनाएको र अब यस लुम्बिनी प्रदेशलाई पनि चिनाउने बताए । यस्तै उनले दाङलाई तेक्वान्दो हबका रुपमा विकास गर्न प्रदेश सरकार लागि परेको समेत बताए ।
तुलसीपुरका संघको कार्यालयको भवन निर्माण भएको र काठमाडौँपछि सुविधा सम्पन्न भवन बनेको समेत बताए । यस्तै उनले प्रदेशको सबै कुरा एक ठाउँमा मात्र हुनुपर्छ, भन्ने मान्यतामा आफू नरहेको भन्दै उनले दाङलाई तेक्वान्दो हब र अन्य जिल्लालाई अरुको हबको रुपमा विकास गरिने समेत बताए ।