डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटनाएको हो।
उक्त घटेको मूल्य आज राति १ बजेदेखि लागू हुने छ। पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५१ पैसाले बढेर आएको तथा ग्यास ९३ रुपैयाँ ६० पैसाले बढेर आए पनि हाललाई भने मूल्य यथावत राखिएको निगमले जनाएको छ।
अब काठमाडौँ उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

प्रकाशित मिति : २०८० कार्तिक १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस