वडाध्यक्ष पौडेलको उदाहरणिय काम, मिठु बादीले पाए चिटिक्क परेको घर
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बखरीयाका मिठु बादिको घर २०७१ सालमा आएको बाढिले बगाएको थियो । घर बगाएसँगै त्रिपालमा उनको बास थियो । घर बनाउने उनको चाहाना नभएको होईन तर आर्थिक अभावकै कारण घर ढड्याउन सकेको थिएनन् ।
तर वडा कार्यालयको पहलमा नयाँ घर निर्माण भएर बस्न पाउँदा खुसीले गदगद छन् । त्रिपालमा बास भएको देखेका वडाध्यक्ष मोहन पौडेलले बिपन्न मिठुको नयाँ घरमा बस्ने सपना पूरा गरिदिने अठोट लिएका थिए । निर्वाचित भएर आएदेखि नै आफुले नयाँ घर निर्माणमा पहल थालेका थिए । यसका लागि वडाको तर्फ सरकार र उपमहागरबाट जस्तापाता तथा विभिन्न ब्यक्तिको सहयोगमा नयाँ घर निर्माण गरि दिए ।
उक्त घर आज एक कार्यक्रमका बिच हस्तान्तरण समेत गरिएको छ । वडाध्यक्ष मोहन पौडेलको अध्यक्षता तथा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उक्त घर मिठुलाई हस्तान्तरण गरिएको थियो । सो अवसरमा बोल्ने वक्ताहरुले विपन्न समुदायको लागि स्थानीय सरकार भएको महशुस गर्ने गरी गरेको यो कार्यको प्रशंसा गरेका थिए ।
वडासदस्य खिमकान्त पाण्डेको स्वागत मन्तब्यबाट भएको कार्यक्रममा नगर प्रमुख टिकाराम खड्का, उपप्रमुख स्यानी चौधरी, स्थानीय बुद्धिजिवी हरिहर पौडेललगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण सचिव चन्द्र कुमार डाँगीले गरेका थिए ।

