घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु

रुकुम । रुकुम पश्चिममा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सानीभेरी गाउँपालिका ६ छहरा गाउँ निवासी ३५ वर्षिया धनसरी केसी ९देवकोटा० रहेको सानिभेरी ६ का वडाअध्यक्ष पहलसिंह घर्तिले जानकारी दिए ।

आज शनिबार विहान घरदेखि नजिकै रहेको छहरा जंगलमा घाँस काट्न गएकी देबकोटाको छहरे भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको वडाअध्यक्ष घर्तिले बताए ।

घाँस काट्ने क्रममा उहा भिरबाट करिब चार सय मिटर तल खसेको बताइएको छ । वडाअध्यक्ष घर्तिका अनुसार अहिले महिलाको शव घरमा राखिएको र मृतकका छोरा बैदेशिक रोजगारीमा जाने क्रममा काठमाडौमै रहेकाले उहाँ आएपछी भोली मात्रै दाहसंस्कार गरिने भएको छ ।

यता जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले भने यस घटनाको विषयमा प्रहरीलाई जानकारी नभएको भन्दै थप बुझ्ने प्रयास गरिहेको बताए।

प्रकाशित मिति : २०८० कार्तिक ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस