किवानिज वान डे कार्यक्रम सम्पन्न

दाङ । किवानिज क्लब इन्टरनेशनलको १ दिवसीय कार्यक्रम अन्तर्गत शनिबार दाङको तुलसीपुरमा वृक्षारोपण तथा बालबालिकालाई पोषण युक्त बितरण कार्यक्रम सम्पन्न भएको छ ।   

क्लबका लुम्बिनी प्रदेशका गभर्नर भुपाल रावतको अध्यक्षता र राप्ती शान्ति पार्क गणेशपुर दाङका अध्यक्ष डिल्ली भण्डारीको प्रमुख आतिथ्यमा  कार्यक्रम सम्पन्न भएको हो ।  क्लब लर्ड बुद्धका अध्यक्ष  वंशी कुमार शर्माले स्वागत तथा उद्देश्य माथि प्रकाश पारेका थिए ।

प्रमुख अतिथि भण्डारीले  क्लबले गरेको कार्यक्रमको प्रशंसा गरे । दाङका ७ वटा क्लबहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा आयुर्वेदिक बिरुवा निम र फुलका बिरुवा रोपिएको थियो ।  यसैबीच किवानिज क्लब अफ बबई गठन भएको छ ।  दामोदर भण्डारीको अध्यक्षतामा १९ सदस्यीय गठन भएको छ।

क्लब अफ लर्ड बुद्ध होस्ट क्लब भएर उक्त क्लब गठन भएको हो ।  कार्यक्रमको सहजीकरण क्लब लर्डका सचिव दामोदर बस्नेत ( राकेश ) ले गरेका थिए ।

प्रकाशित मिति : २०८० कार्तिक ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस