डीएसपी पोखरेलले भने, ‘हामीलाई सूचना दिनुहोस्

दाङ  । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुर प्रसाद पोखरेल शान्ति सुरक्षाको लागि सूचना आवश्यक पर्ने भएकाले सहयोग गर्न आग्रह गरे । उनले शान्ति सुरक्षा अमनचयन राख्नको लागि नागरिकहरूले सूचना दिएर सहयोग गर्नु पर्ने अनलाइन राप्तीलाई बताए ।

उनले भने,‘ तुलसीपुर लगायत पश्चिम दाङका नागरिकहरूसँग मेरो अनुरोध छ । सूचना दिएर हामीलाई सहयोग गर्नुहोस् । जुनसुकै शंका लागेका ठाउँ तथा ब्यक्तिहरू र शंका लाग्ने हरकत देखिएमा हामीलाई तुरुन्त सूचना दिनुहोस् । हामीले तुरुन्तै सुरक्षा दिन सक्छौँ । र कुनै अप्रिय घटना हुनबाट बचाउन सकिन्छ । सूचनाको अपेक्षा मैले गर्दछु ।’

यहाँ थुप्रै शान्ति सुरक्षा सम्बन्धी चुनौतीहरू रहेको भन्दै उनले इप्रका तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका सहित पश्चिम दाङका गाउँपालिकाहरूमा शान्ति सुरक्षा अमनचयन राख्नको लागि आफू कटिवद्ध रहेको समेत बताए । उनले भने,‘ इप्रका तुलसीपुर र इप्रका खिलतपुरबाट खटिने विभिन्न प्रहरी इकाइहरूले जनता माझ शान्ति सुरक्षा अमनचयन गराउन गम्भीरता पूर्वक काम गरिरहेका छौँ । ’ यस्तै उनले उपमहानगरमा समिति मात्रमा सिसी क्यामराहरू रहेको भन्दै थप क्यामेरा बढाउनको लागि उपमहानगरसँग समन्वय भएको समेत बताए ।

उनका अनुसार बजार क्षेत्रमा सिसी क्यामराहरू नभएका ठाउँमा थप गर्ने काम भइरहेको छ । उनका अनुसार तुलसीपुर बजारमा कम्तिमा पनि राति १२ बजेसम्म नागरिकहरू हिँड्डुल गर्ने वातावरणलाई सुनिश्चित गर्नु पर्छ । रात्री कालिन बसहरू तुलसीपुरबाट छुट्ने भएकाले पनि त्यसलाई मध्यनजर राखेर अहिले विभिन्न ठाउँमा ५ वटा प्रहरी पोष्टहरू थप भएका छन् ।

यस्तै अहिले १५ जना जनशक्ति पनि थप भएको उनको भनाइ छ । उनले भने,‘ २४ सै घन्टा क्यु आरटी यहाँका अलि संवेदनशिल ठाउँमा खटिराखेका छन् । मोबाइल गस्ती भ्यान सधैँ चोकमा रहन्छ । यहाँका नागरिकहरूलाई केही पर्दा तत्काल प्रहरी सेवा प्रदान गर्न जरुरी रहेको छ । म आफै पनि बिहान ७ बजेदेखि राती ११ /  १२ बजेसम्म फिल्ड मै हुन्छु ।’ उनका अनुसार सुरक्षा संयन्त्र अतिसंवेदनशील छ, भन्नु भन्दा पनि सुरक्षा प्रत्याभूति दिने हाम्रो काम हो । ’

प्रकाशित मिति : २०८० असोज २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस