इजरायलबाट फर्केर नयाँ घर बनाउने सपना देखेका प्रवेश उतै अस्ताए

ल्यान । बुवा, आमा अव तपाईले धेरै दुख गर्नु पर्दैन है? अव तपाईको छोरा कमाउने भैसक्यो चिन्ता नगर्नुस, दिदि पनि टाढा छ म नयाँ घर बनाएपछि दिदिलाई पनि नयाँ घरमा ल्याएर राख्छु । तपाईहरु ढुक्क भएर बस्नुस है ? भन्दै गएको भदौ २० गते सल्यान शारदा नगरपालिका ३ साहुटोल सिरवारका प्रवेश भण्डारी इजरायलको यात्रा तय गरेका थिए ।

‘बुढेसकालको सहारा एक्लो छोरा थिए प्रवेश । उनि सहित ४९ जना सूदुरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकाय सकेर काम सिक्न इजरायल पुगेका हुन् ।  इजरायल पुगेपछि परिवार सँग निरन्तर फोन सम्पर्कमा रहेर प्रवेशले आमा बुवालाई आफ्नो चिन्ता नगर्न आग्रह गरे । गएको शुक्रबार मात्र बुवा सँग प्रवेशले सन्चै छु है बुवा मेरा चिन्ता नगरर्नुस अव म भोली शनिवार कुरा गर्छु भन्दै फोन राखे ।

शनिबार प्रवेश सँग कुराकानी गर्ने प्रतिक्षामा बसेका परिवारले उनलाई अन्लाईनमा देखेनन । शुक्रबार राति ९ बजेपछि प्रवेशको परिवारसँग सम्पर्क टुटेको हो । छोरालाई पटक पटक अन्लाईनमा खोजे तर देखेनन । ‘ग्रुपमा कल गरेको रहेछ, मैले फोन उठाउन पाइनँ, भोलि शनिबार आमाबुवासँग बोल्छु, बोलाइदिनुहोला भनेर एसएमएस छोडेको थियो,’ प्रवेशकी सानिमा शोभा सेजवालले भनिन्, ‘त्यसपछि अनलाइन नै देखिनँ।’ आइतबार बिहान इजरायलमा नेपाली विद्यार्थी पनि आक्रमणमा परेको खबर सुनेपछि उनी डराईन।

प्रवेशका साथीहरूलाई उनकी दिदी प्रतीक्षा र शोभाले कति मेसेज गरे। तर कसैले जवाफ दिएनन  प्रवेशका ४५ बर्षिय बुवा चक्र बहादुर भण्डारीले शनिवार बिहानै इजराइलमा हमला खबर सुने । १९ गते शुक्रबार बाट छोराको खबर नपाएका उनि आत्तिए । रेडियो बाट मात्र आन्दोलन भैरहेको खबर सुनिरहे तर पनि छोराको खबर पाउन सकेन । छोरासँगको सम्पर्क टुटेपछि बुवा चक्र र आमा चन्द्रिका अत्तालिए ्।

‘छोराको अवस्थामा कस्तो छ? जिउँदो छ कि के छ? थाहाँ हुन सकेन ।  उनले भने, “आईतवार दिउँसो नेपाली बिद्यार्थि पनि हमालमा परेको भन्ने खबर रेडियो र फेसबुक मार्फत थाहा पाए, तर छोरा कतै भागेर बाचेको छ कि भन्ने आश लाग्यो तर साँझ ७ बजे छोराको मृत्यु भएको खबर पाए ।

छोराको मृत्युको खबर पाएपछि अहिले परिवार भाव विवल अवस्थामा छन भने गाउँ शोकमा डुबेको छ । प्रवेशकी ४६ बर्षिय आमा र दिदि बेहोस अवस्थामा छिन । छोराको सास त आएन तर लाश ल्याउनको लागि नेपाल सरकार सँग परिवारले आग्रह गरेको छ । मेरो छोरा त अव रहेन, तर छोराको लाश छिटो भन्दा छिटो नेपाल ल्याउनका लागि सरकारले पहल गरोस प्रवेशका बुवा चक्रले बेहोसी अवस्थामा भने ।

सल्यानका प्रवेश सहित इजरायलमा १० जना नेपाली बिद्यार्थिको मुत्यु भएको छ । हमलामा घाइते हुनेमा सल्यान शारदा नगरपालिका २ का विधान सेजवाल रहेका छन् । उनको त्यहाँको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुबैको खट्टामा गम्भीर चोट लागेको छ इजरायलस्थित नेपाली दुताबासले जनाएको छ । आक्रमणमा परेका सल्यान त्रिवेणी गाउँपालिका १ का प्रमोद केसी भने सुरक्षित रहेको बताइएको छ ।

प्रकाशित मिति : २०८० असोज २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस