डोजरले च्यापेर एकको मृत्यु

पाल्पा । पाल्पामा सडक मर्मत गरिरहेको डोजर पुरिँदा चालकको ज्यान गएको छ । ज्यान जानेमा डोजर चालक दाङको शान्तिनगर गाउँपालिका – १ का ३० वर्षीय धनबिर खड्का रहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
रामपुर नगरपालिका – १० टोक्से भन्ने ठाउँको बर्दलेबाट टोक्से जाने भित्री सडक खण्ड मर्मत गर्दै गरेको बा २ क १९५७ नम्बरको डोजरलाई सडक माथिबाट आएको सुख्खा पहिरोले पुरेको प्रहरीको भनाई छ ।
पहिरोले पुरिएर गम्भीर घाइते भएका चालक खड्काको उपचारका क्रममा तानसेनको युनाइटेड मिशन अस्पतालमा ज्यान गएको र घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० असोज २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस