जनताको आँखामा छारो हाल्ने र राज्यको पैसा सकाउने काम

दाङ । तुलसीपुर उपमहानगरपालिका ६ का हरि न्यौपानेलाई सहिद कृष्णसेन इच्छुक मार्ग अन्तरगत तुलसीपुर – घोराही सडक खण्ड मर्मत गरेको देख्दा जनताको आँखामा छारो हाल्न काम भएको जस्तो लाग्छ । तत्कालीन समयमा दुई लेन सडकलाई चार लेनको बनाउने भनेर २०७५ सालमा काम शुरु भएपछि उनको मनमा अब सडक राम्रो बन्ने लागेको थियो । तर, चारलेन सडक बिच मै अलपत्र पर्दा धुलो र हिलोबाट आजित भएका उनलाई अहिले मर्मत हुन लागेको सडक पनि धेरै दिन नटिक्ने लाग्छ ।

उनले भने,‘ अहिले बिग्रेको ठाउँमा सडक मर्मतको काम भइरहेको छ । तर, त्यो गुणस्तरीय होला जस्तो लाग्दैन । पुरानो पिच धेरै राम्रो छ । अहिले गरिरहेको पिच बढिका २ र ३ महिना टिक्ला रु यस्तो काम गर्नु भन्दा नगरे कै राम्रो । अहिलेसम्म त हामीले सहेर बसेका थियौँ । २ र ४ महिनाको देखाउनको लागि काम गर्दा राज्यको ढुकुटी मात्र सकिने हो रु’ उनका अनुसार गुणस्तरहीन काम गर्दा राज्यको पैसा सकिने र जनतालाई काम गरेको भनेर आँखामा छारो हाल्ने मात्र काम भयो ।

यस्तै अर्का स्थानीय कमल प्रकाश शर्माले पनि अहिले मर्मत भइरहेको बाटोको गुणस्तरमा प्रश्न गर्दछन् रु लामो समयसम्म यो सडक निर्माण नहुँदा नागरिकहरूमा वितृष्णा फैलिएको भन्दै उनले यस सडकका कारण धेरै मानिसहरूले अकाल मै ज्यान गुमाएको समेत बताए ।

एउटा नमुनाको रुपमा रहेको सडक लामा समयसम्म अलपत्र हुँदा संघीय सरकारलाई चुनौतीको विषय बनेको हुँदा पनि अहिले तत्काललाई टालटुल गर्न लागेको भन्दै उनले यो धेरै दिन नटिक्ने दाबी गरे ।जिल्लाबाट धेरै सांसद, मन्त्रीहरू बनेको भएयता पनि तर, यो बाटोको चिन्ता चासो केही पनि नभएको उनको भनाइ छ ।

उनका अनुसार नेताहरूले यो बाटोलाई चुनाबको बेला एजेन्डा बनाउने र जितेपछि विभिन्न बहानाबाजी गरेर उम्कने गरेका छन् । उनले भने,‘ अहिले थोरै मर्मतका काम भइरहेको छ । तर, यो दीर्घकालीन भने हुन सक्दैन । मैले बाटो मर्मतको लागि प्रयोग हुने सामाग्रीहरू पनि हेरे । तर, यो केही दिनका लागि मात्र हो रु न यहाँ कुनै इन्जिनियर छन् , न कुनै स्थानीय आफ्नै तरिकाले मर्मत भइरहेको छ । पानी परेको खण्डमा यो एक ÷ दुई दिन मै भत्किन्छ । ’ राज्यले करोडौँ लगानी गरेर काम भइरहेको ठाउँमा अनुगमन गर्नु पर्ने समेत उनको भनाइ छ ।

सडक डिभिजन कार्यालय दाङका इन्जिनियर महेश बिकका अनुसार गत असार १८ गते सडक मर्मतको लागि ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । यही असोज मसान्तसम्म सडकको काम सकिने उनले बताए । उनका अनुसार सडक मर्मतको काम दुई प्याकेजमा गरिएको छ । तुलसीपुरको हात्तीखौवादेखि घोराहीको सेवार खोला र सेवार खोलादेखि पूर्व कुइरेपानीसम्म गरी दुई निर्माण कम्पनीले जिम्मा पाएका छन् । हात्तीखौवादेखि सेवार खोलासम्मको सडक मर्मत गर्ने ठेक्का रोल्पा स्वच्छन्द निर्माण सेवाले एक करोड १६ लाखमा पाएको छ । सेवार खोलादेखि पूर्व कुइरेपानीसम्म सडक मर्मतको ठेक्का रोल्पा निर्माण सेवाले एक करोड ४२ लाख रुपैयाँमा पाएको हो ।

अहिले दुबै ठाउँमा सडक मर्मत भइरहेको कार्यालयले जनाएको छ । इन्जिनियर बिकका अनुसार अहिले सडकमा भएका खाल्टाखुल्टी मर्मत गरेर यातायात सहज बनाउन उद्देश्यले मर्मतको काम शुरु भएको हो । उनले भने,‘ यो पक्की मर्मत कार्य हो । सडकका खाडलहरूमा बेस हालेर अलकत्रा राखेर पक्की मर्मत गरिन्छ । यो २ सेन्टिमिटर पक्की हुन्छ । सडक मर्मतको अन्तिम म्याद असोज मसान्त भएपनि पानी परिरहने भएकाले काममा समस्या हुने छ ।’

२०७५ पुस १३ गते तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराही बबईको पुलसम्मको करिब २८ किलोमिटर सडक विस्तार गर्ने गरी भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालि मुम्बईले कामको जिम्मा लिएको थियो । भारतीय एक्जिम बैंकको एक करोड २१ लाख ८२ हजार ३ सय अमेरिकी डलरमा सडक निर्माणको सम्झौता भएको थियो ।

त्यही क्रममा अलपत्र पारेको सडकको अहिले मर्मत भएको हो । गत वैशाख अन्तिमतिर भारतीय निर्माण कम्पनीसँगको सम्झौता सरकार तोड्यो । करिब ८ करोड खर्च गरी चार लेन बनाउन भनेर भत्काइएको सडक फेरि साबिककै जस्तो बनाउन अहिले सरकारले साढे २ करोड खर्च गर्न लागेको हो ।

प्रकाशित मिति : २०८० असोज २० गते शनिवार
प्रतिक्रिया दिनुहोस