यी प्रदेशमा आज वर्षाको सम्भावना

काठमाडौं । कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ।  यी तीनै प्रदेशका थोरै स्थानमा दिउँसो पनि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै राति पनि यी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

प्रकाशित मिति : २०८० असोज १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस