राप्ती नदीमा बगेर बेपत्ता युवकको शब तीन दिनपछि फेला
दाङ । राप्ती नदीमा माछा मार्ने क्रममा बगेर बेपत्ता भएका एक युवकको शब तीन दिन पछि फेला परेको छ । राप्ती गाउँपालिका ३, मसुरिया निवासी ३७ वर्षीय रामचरण चौधरी गत शुक्रबार करिब दिउँसो २ बजेको समयमा राप्ती नदीमा माछा मार्ने क्रममा बगेर बेपत्ता भएका थिए ।
इलाका प्रहरी कार्यालय भालुबाङ, सशस्त्र प्रहरी बल २९ नम्बर हेट क्वाटर ज्वालामाई गण भालुबाङको टोलीले खोजतलास गर्ने क्रममा गएराती करिब २ बजेको समयमा गढवा गाउँपालिका १, जेठान गाउँको राप्ती नदी घाटमा बेपत्ता चौधरीको शब फेला परेको गणका एसपी गोपाल श्रेष्ठले जानकारी दिए ।
मृतक चौधरी राप्ती गाउँपालिका ३ स्थित लामो झोलुङ्गेपुल देखि ५ / ७ सय मिटर पश्चिम राप्ती नदीमा जालले माछा मार्ने क्रममा बगेर बेपत्ता भएका थिए । मृतक चौधरीको शब पोस्टमार्टमका लागि घोराही पठाइएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।
प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस



